Logo

सेबोन समक्ष लगानीकर्ता संघसंस्थाका नेताको आत्मसम्पर्ण, अब सेयर बजार बन्द र अन्दोलन नगर्ने निर्णयमा हस्ताक्षर

सेबोन समक्ष लगानीकर्ता संघसंस्थाका नेताको आत्मसम्पर्ण, अब सेयर बजार बन्द र अन्दोलन नगर्ने निर्णयमा हस्ताक्षर



काठमाडौं । सेयर बजार सम्बन्धी विभिन्न लगानीकर्ता संघसंगठनका नेताहरुले आबका दिनमा कहिलै बजार बन्द नगर्ने तथा आन्दोलनमा नउत्रने भन्दै धितोपत्र बोर्ड समक्ष एक पत्रमा हस्ताक्षर गरेका छन् ।

लगानीकर्ताको नाममा समय समयमा विभिन्न माग राखी आन्दोलनमा उत्रदै आएका स्वघोषित लगानीकर्ता संघसंस्थाका स्वघोषित नेताहरुले आज बोर्ड समक्ष पुगेर अब कहिल्यै पनि बजार बन्द नगर्ने र आन्दोलनमा पनि नउत्रिने निर्णयमा हस्ताक्षर गरेर फर्किएका छन् ।

लगानीकर्ताको नाममा आफ्ना माग अघि सारेर आन्दोलन तथा आमरण अनसन बस्दै आएका लगानीकर्ता सम्बन्धी विभिन्न संघसंस्थाका नेताहरुले बोर्ड समक्ष पुगेर अब उप्रान्त कुनै पनि बहानामा धितोपत्रको दोस्रो बजार बन्द नगर्ने व्यवस्था मिलाउन लगानीकर्ता सम्बन्धी संघसंस्था प्रतिवद्ध रहेको भन्दै हस्ताक्षर गरेका छन् । उक्त पत्रमा लगानीकर्ता सम्बन्धी विभिन्न ५ वटा संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरेका छन् ।

यस अघि विभिन्न बाहानामा बजार बन्द भएपनि अबका दिनमा लगानीकर्ता संघसंस्थाका नेताहरुले सेयर बजार बन्द गर्ने भन्दै हस्ताक्षर गरेर प्रतिवद्धतापत्र बुझाएको बोर्डको कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । ‘धितोपत्र सुधार सम्बन्धी कार्यदलमा सुझाव दिनका लागि लगानीकर्ता सम्बन्धी संघसंस्थाका नेताहरु बोर्डमा आउनुभएको थियो,’ उनले भने, ‘सोही क्रममा अबका दिनमा कहिले पनि बजार बन्द गर्ने खालका क्रियाकलाप गर्दैैनौं भनेर बोर्ड समक्ष हस्ताक्षर गरेर जानुभएको छ ।’ साथै उनीहरुले यस अवधिमा भए गरेका प्रतिहरुलाई जानकारी गराउँदै सकेसम्म चाँडो दोस्रो बजार खुला गर्नसमेत अनुरोध समेत गरेको गिरीले जानकारी दिए ।

लगानीकर्ता सम्बन्धी संघसंस्थाका नेताले बजार बन्द गर्ने गरी बोर्ड समक्ष सम्झौता गरेपनि लकडाउन पश्चात बन्द अवस्थामा रहेको सेयर बजार कहिले खुल्छ भन्नेमा अझै अन्यौल रहेको छ । धितोपत्र बजार सुधार सम्बन्धी गठित समितिले सकभर शनिबार वा आईतबार मात्र बोर्ड समक्ष सुझाव पेश गर्ने र त्यसपछि मात्र बजार खुल्ने गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL