Logo

आजदेखि खुल्यो एनआईसी एसिया लघुवित्तको आईपीओ, लगानीकर्तालाई हालसम्मकै ठूलो अफर

आजदेखि खुल्यो एनआईसी एसिया लघुवित्तको आईपीओ, लगानीकर्तालाई हालसम्मकै ठूलो अफर



काठमाडैं । एनआईसी एशिया लघुवित्तले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गरेको छ

कम्पनीले सर्वसाधारणका लागि कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँको दरले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

लघुवित्तले सर्वसाधारणका जारी गरेको सेयरमध्ये एनआईसी एसियाले ल्याएको यो सबैभन्दा ठूलो कित्ता हो । यसअघि लघुवित्तहरुले सर्बसाधारणका लागि ५ ७ लाख कित्ता सेयर जारी गर्दै आएपनि एनआईसी एसियाले भने एकैपटक साढे ४७ लाख कित्ता जारी गरेको हो ।

लघुवित्तले ल्याएको उक्त सेयरमा यहि असार १० गतेदेखि १४ गतेसम्म आवेदन दिन सकिने छ । यस अघि जारी गरेका लघुवित्तको गोलाप्रथाबाट समिति आवेदकलाई मात्र १० कित्ता सेयर पर्दै आएकोमा आनआईसीमा भने सबैलाई पर्ने निश्चित छ ।

एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंकको सहायक कम्पनी उक्त लघुवित्तले जारी गरेको कुल ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ० दशमलव ५ प्रतिशत कर्मचारीहरुलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत विभिन्न सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL