बिजखबर संबाददाता
२४ भदौ,काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ ६ सयले घटेको छ । सो दिन सुन ४९ हजार ८ सयमा कारोवार भइरहेको छ । यसअघि बुधवार सुन प्रतितोला ५० हजार ४ सयमा कारोवार भएको थियो ।
यता चाँदीको भाउमा भने सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सो दिन चाँदी प्रतितोला ६ सय ८५ रुपैयाँमा कारोवार भएको छ । बुधवार चाँदीको भाउ ६ सय ८० रुपैयाँ थियो ।