Logo

स्याङ्योङ मोटरको ‘टिभोली’ बजारमा, मुल्य रु. ५३ लाख ५० हजार

स्याङ्योङ मोटरको ‘टिभोली’ बजारमा, मुल्य रु. ५३ लाख ५० हजार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२३ भदौं, काठमाडौं । स्याङ्योङ मोटर कम्पनीले नेपाली बजारमा ‘टिभोली’ मोडलको गाडी भित्र्याएको छ । स्याङ्योङ कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता कन्सट्यान्ट बिजनेश ग्रुपले उक्त मोडलको गाडी नेपाली बजारमा भित्र्याएको हो ।

कम्पनीले हाल बजारमा ल्याएको उक्त मोडल कम्प्याक्ट यसयुभी सेग्मेन्टको भएकाले नेपाली बजारमा राम्रो हिस्सा ओगट्ने कम्पनीका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताए । ‘हामीले युवा वर्गलाई लक्षित गरी नेपाली बजारमा टिभोली कार ल्याएका छौं,’ उनले भने, ‘नयाँ डिजाइन तथा आकर्षक भएकाले यसको विक्री बढी हुने आशा लिएका छौं ।’

श्रेष्ठका अनुसार टिभोली गाडी सुपथ मूल्य हुनुका साथै सुबिधा सम्पन्न भएकोले नेपाली बजारमा लोकप्रिय हुने विश्वास लिइएको छ । गाडीमा १ हजार ६ सय सीसी पेट्रोल इन्जिन हुनुका साथै सुरक्षाका लागि आवश्यक पर्ने सम्पूर्ण सुबिधाहरुको ब्यवस्था गरिएको छ । उक्त गाडीको बजारमुल्य ५३ लाख ५० हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

सुरक्षित यात्रामा विषेश ध्यान दिने स्याङ्योङ कम्पनीको उत्पादन टिभोलीले सन् २०१५ मा कोरियन न्युन कार यसेस्मेण्ट प्रोग्रा र ल्याण्ड एण्ड इफ्रास्टक्चर एण्ड ट्रान्सपोर्ट मन्त्रालयले दिने दि अटोमोवाइल सेफ्टी टेष्ट कण्डकट अवार्ड समेत प्राप्त गरेको थियो । यसैगरी, सन् २०१५ कै क्रयास सेफ्टी, प्यासेन्जर प्रोटेक्सन, ड्राइभिङ पर्फमेन्स र एसीडेन्ट प्रिभेन्टेसन टेष्टमा समेत उत्कृष्ट अंक प्राप्त गरेको थियो । टिभोली गाडी उत्पादनको ८ महिनामा नैे ३३ हजार वटा भन्दा बढी विक्री गरिसकेको कम्पनीले जानकारी दिएको छ ।

दक्षिण कोरियाको प्रसिद्ध स्याङ्योङ मोटर कम्पनीले विश्वका ८२ मुलुकमा एसयुभी गाडी विक्री गर्दै आईरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्