Logo

सेयर कारोबारमा साउन १ गतेदेखि विद्युतीय माध्यमबाट मात्र भुक्तानी, कारोबार भएकै दिन कर र कमिशन तिर्नुपर्ने

सेयर कारोबारमा साउन १ गतेदेखि विद्युतीय माध्यमबाट मात्र भुक्तानी, कारोबार भएकै दिन कर र कमिशन तिर्नुपर्ने



काठमाडौं । साउन १ गतेदेखि सेयर कारोबारको भुक्तानीलाई अनिवार्य रुपमा विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ । धितोपत्र बोर्डले आज एक सर्कुलर जारी गर्दै आर्थिक बर्ष २०७७÷७८ देखि सेयर कारोबारको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपीएस वा विद्युतीय माध्यमबाट गर्न निर्देशन दिएको हो ।

धितोपत्रको दोस्रो बजार कारोबार पूर्ण अनलाईन प्रणालीमा नगएको अवस्थामा उक्त प्रणालीमा सुधार बोर्डले बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गरी विद्युतीय भुक्तानीको कारोबार गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ ।

यसैगरी नेप्से अनलाईन कारोबार प्रणाली (नट्स) ले लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासाहरु आएको भन्दै लगानीकर्ताहरुले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा÷खर्च हुने व्यवस्था गर्न निर्देशन दिएको छ । साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायहरुको कमीशन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउने समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL