Logo

४ अंकले उकालो लाग्यो नेप्से, ४२ करोडको कारोवार

४ अंकले उकालो लाग्यो नेप्से, ४२ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ भदौं, काठमाडौं । मंगलबार नेप्से परिसुचक ३ दशमलव ७२ अंकले उकालो लागेको छ । बजार खुलेको केही समय उच्च रुपमा बढेको नेप्से पुनः घटेको हो । नेप्से परिसुचक बढेर १ हजार १ सय ७४ दशमलव ६९ अंकमा पुगेर अडिएको छ ।

बजारमा सवैभन्दा बढी बीमा र उत्पादनमुलक समुहको परिसुच बढेको छ । उक्त समुहको परिसुचक ३१÷३१ अंकले उकालो लागेको छ । त्यसैगरी बजारमा प्रभाव पार्ने बैंकिङ समुह पनि ४ अंकले बढेको छ । विकास बैंक र फाइनान्स समुह सामान्य बढेका छन् ।
बजारमा होटल, जलविद्युत् र अन्य समुहका परिसुचक भने ओरालो लागेका छन् ।

मंगलबार कुल १ सय ३४ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ४२ करोड रुपैयाँ बरावरको ८ लाख २० हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्