Logo

सर्वसाधारणमा सेयर जारी गर्दै आईएमई पे, राष्ट्र बैंक समक्ष दियो आवेदन

सर्वसाधारणमा सेयर जारी गर्दै आईएमई पे, राष्ट्र बैंक समक्ष दियो आवेदन



काठमाडौं । भुक्तानी प्रदायक संस्था आईएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) ले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । आईएमई पेले सर्वसाधारणमा सेयर निष्काशनका लागि नेपाल राष्ट्र बैंक समक्ष आवेदन दिएको हो ।

गत हप्ता नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालनका लागि अनुमति प्राप्त गरेका संस्थाहरुले आईपीओ जारी गर्नुपर्ने व्यवस्था अनुसार आइएमई पेले सर्वसाधारणलाई २० प्रतिशत सेयर जारी गर्न आवेदन दिएको हो ।

नेपाल राष्ट्र बैंकबाट १ दर्जनभन्दा बढी भुक्तानी सेवाप्रदायकले अनुमित लिएपनि आईएमई पेले पहिलो पटक सर्वसाधारणमा सेयर जारी गर्न आवेदन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL