Logo

१ सयले घट्यो सुन, चाँदीमा पनि सामान्य गिरावट

१ सयले घट्यो सुन, चाँदीमा पनि सामान्य गिरावट


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२२ भदौ,काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ १ सय रुपैयाँले घटेको छ ।

तीज पर्व नजिकिँदै गर्दा उतारचढाव देखिरहँदा सो दिन सुनको मूल्य घटेर प्रतितोला ५० हजार ४ सयमा झरेको हो ।
त्यस्तै चाँदीको भाउ पनि तोलाको ५ रुपैयाँले घटेको छ । सो दिन चाँदी तोलाको ६ सय ८० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैबीच महासंघले तीजको अवसरमा सम्पूर्ण दिदीबहिनीहरुलाई शुभकामना दिएको छ । अध्यक्ष मणिरत्न शाक्यले शुभकामना वक्तव्य जारी गर्दै तीजको अवसरमा दिदीबहिनीहरुको मनोकांक्षा पुरा होस् भन्ने कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्