Logo

यामाहाले ल्यायो ‘फेसिनो’ स्कुटर, बजार मुल्य १ लाख ८४ हजार

यामाहाले ल्यायो ‘फेसिनो’ स्कुटर, बजार मुल्य १ लाख ८४ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२१ भदौं, काठमाडौं । यामाहा मोटरसाइकलले नेपाली बजारमा ‘फेसिनो’ मोडलको स्कुटर भित्र्याएको छ । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एम ए डब्लु इन्टरप्राइजेजले उक्त मोडलको स्कुटर नेपाली बजारमा सार्वजानिक गरेको हो ।

नेपाली बजारमा यामाहाले पहिलो पटक नयाँ स्टाइलको स्कुटर भित्र्याएको कम्पनीका प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवालले जानकारी दिए । फेसिनोे स्कुटर यामाहाको ‘ब्लु कोर’ प्रविधिमा आधारित भएको र यसले वातावरणलाई समेत प्रदुषित नगर्ने उनको दावी थियो । नेपाली बजारमा त्रिभिएको स्कुटर मध्येमा यसको सवैभन्दा बढी माइलेज रहेको छ । कम्पनीले बजारमा ल्याएको उक्त स्कुटरले प्रति लिटर ६६ किलोमिटर माइलेज दिने छ ।

कम्पनीका अनुसार स्कुटरमा विशेष क्षमताको इन्जिनमा निकल स्पार्क प्लग र बीए २४ कार्बरेटर प्रयोग भएको छ जसले स्कुटरको गतिलाई उत्कृष्ट बनाउन सहयोग गर्छ । यस्तै ५ दशमलव २ लिटर इन्धन अट्ने ट्यांकी रहेको यो स्कुटरमा आकर्षक हेड लाइट, मिटर र क्रोम साइड मिरर निकै उत्कृष्ट तरिकाले जडान गरिएको छ ।

कम्पनीले आज सार्वजानिक गरिएको फेसिनो स्कुटर निकै हलुका रहेको छ । १ सय १३ सीसी क्षमता रहेको उक्त स्कुटर तौल १ सय ३ किलोग्राम मात्र रहेको छ । फेसिनोको बजार मुल्य १ लाख ८३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
स्कुटरको सिट मुनी २१ लिटर क्षमताको स्टोरेज भएकाले प्रशस्त सामग्री राख्ने सुविधा छ । नयाँ खालको सीटको डिजाइन भएकाले लेग स्ट्याण्डमा खुट्टा राख्न निकै सहज हुनेछ । कम्पनीले विभिन्न ६ वटा रङको स्कुटर बजारमा उपलब्ध गराएको छ ।

कम्नीले यस अधि नेपाली बजारमा रे, रे–जेड र अल्फा स्कुटर भित्र्याइसकेको छ । साथै, नेपालको स्कुटर बजारमा यामाहाको बजार हिस्सा २५ प्रतिशत रहेको समेत अग्रवालले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL