Logo

तत्काल बैंक इन्ट्रिग्रेशनको काम सक्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन, भन्यो-नसके छुट्टै कम्पनी खोल्नु

तत्काल बैंक इन्ट्रिग्रेशनको काम सक्न नेप्सेलाई धितोपत्र बोर्डको निर्देशन, भन्यो-नसके छुट्टै कम्पनी खोल्नु



काठमाडौं । नेपाल धितोपत्र बोर्डले तत्काल बैंक इन्ट्रिग्रेशनको काम सक्न नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई निर्देशन लिएको छ । लामो समय वित्दा पनि बैंक इन्ट्रिग्रेशनको काम नहुँदा बजारलाई सहज रुपमा संचालन गर्न नसकिएको भन्दै तत्काल उक्त काम सक्न निर्देशन दिईएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए ।

‘बोर्डले नेप्सेलाई तत्काल बैंक इन्ट्रिग्रेशनको काम सक्न शुक्रबार मात्र निर्देशन दिएको छ,’ उनले भने, ‘उक्त काम कति समयभित्र भन्दा पनि यथाशिघ्र सक्नका लागि निर्देशन दिइएको छ ।’
हाल बैंक, सेयर ब्रोकर सिडिएससीबीच बैंक इन्ट्रिग्रेशनको काम नहुँदा लकडाउनको समयमा सेयर कारोबार बन्द गर्नुपरेको बोर्डको ठहर छ । अबका दिनमा यस्ता भवितव्य आईपर्दा पनि सहज रुपमा सेयर कारोबारलाई संचालन गर्नका लागि पनि बैंक इन्ट्रिग्रेशनको कामलाई तत्काल सक्नुपर्ने छ ।

यदि अहिलेको नेप्सेको संरचनाले बैंक इन्ट्रिग्रेशनको काम गर्न नसके छुट्टै कम्पनी खडा गरेर भएपनि तत्काल उक्त काम सक्न निर्देशन दिइएको ढुंगानाले जानकारी दिए । ‘हामी अब नेप्सेसँग कर्मचारी छैन वा त्यस अनुसारको प्रविधि छैन भनेर बैंक इन्ट्रिग्रेशन, टीएमएसलगायतका काममा ढिलाई गर्ने पक्षमा छैनौं,’ उनले भने, ‘यदि नेप्सेले सक्दैन भने सोका लागि छुट्टै कम्पनी खडा गरेर भएपनि इन्ट्रिग्रेशनको काम तत्काल सक्न निर्देशन दिएका छौं ।’ साथै अबका दिनमा प्रविधिमा नगईकन सेयर बजारले गति नलिनेभन्दै जसरी पनि बैंक इन्ट्रिग्रेशनको काम सक्नुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
MBL