Logo

बजाजको दसैँ तिहार योजना, १ लाखसम्मको नगद पुरस्कार जित्न सकिने

बजाजको दसैँ तिहार योजना, १ लाखसम्मको नगद पुरस्कार जित्न सकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२० भदौ,काठमाडौं । बजाजले ‘बजाज क्याशम्यान’ योजना सञ्चालनमा ल्याएको छ ।

दशै तिहार लाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सो योजनामा बजाज बाइक खरिद गर्ने हरेक ग्राहकहरुलाई एउटा स्क्र्याच कूपन दिइनेछ । हरेक स्क्र्याच कुपनबाट ग्राहकले रु. ६ हजार देखि १ लाखसम्म नगद पुरस्कार तुरुन्त प्राप्त गर्न सक्नेछन्  । त्यस्तै लकी ड्र मार्फत हरेक दिन एकजनाले रू. १ लाख जित्ने बजाजको नेपालका लागि आधिकारीक विक्रेता हंसराज हुलाशचन्दले  बताएको छ ।

यस योजनामा भाग लिनका लागि ग्राहकहरुले नेपालका विभिन्न भागमा भएका बजाजका अधिकृत बिक्रेताहरुबाट नै बाइक खरिद गरेको हुनु पर्नेछ  ।

कम्पनीका  कार्यकारी निर्देशक शेखर गोल्छाले एचएच. बजाज सधैँ आफ्ना ग्राहकहरुका लागि रोमाञ्चक र फाइदाजनक योजनाहरु प्रस्तुत गर्न प्रतिबद्ध भएको जानकारी दिए । योजना भदौ २० गतेदेखि लागु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्