Logo

सर्वसाधारणलाई सेयर जारी गर्न धितोपत्र बोर्ड पुग्यो चन्द्रागिरी हिल्स, १८ करोड ४० लाखको आइपीओ निश्कासन गर्ने

सर्वसाधारणलाई सेयर जारी गर्न धितोपत्र बोर्ड पुग्यो चन्द्रागिरी हिल्स, १८ करोड ४० लाखको आइपीओ निश्कासन गर्ने



काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमीटेडले सर्वसाधारका लागि सेयर जारी गर्ने भएको छ । चन्द्रागिरीले स्थानीय र सर्वसाधारणका लागि कुल १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) निश्कासन गर्न लागेको हो ।

चन्द्रागिरीले उक्त सेयर निष्काशन गर्नका लागि आवेदन दिएको धितोपत्र बोर्डले जानकारी दिएको को । कम्पनीले प्रतिकित्ता रु. १०० दरका कुल १८ लाख ४० हजार ९१० कित्ता अर्थात १२ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्न बोर्ड समक्ष आवेदन दिएको हो ।

चन्द्रागिरीले जारी गर्ने आईपीओमध्ये ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावित स्थानीयलाई तथा बाँकी १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि निश्काशन गरिने छ । बाँकी रहेको ८८ प्रतिशत सेयर संस्थापकमै रहनेछ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड भन्दा केही बढी हुने बताइएको छ ।

चन्द्रागिरीको आइपीओ निश्कासनमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिएको छ । चन्द्रागिरीमा केवलकार संचालनमा ल्याएको चन्द्रागिरी हिल्सले सोही स्थानमा होटल तथा रेष्टुरेन्ट लगायत संचालन गरिरहेको छ ।

सो कम्पनीमा आईएमई ग्रूपका अध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको लगानी रहेको छ । उक्त कम्पनीको संस्थापमका अम्बिकाप्रसाद पौडेल, हेमराज ढकाल, नवराज नेपाल र कल्याण गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL