Logo

अव्यवस्थित नेपाली पूँजीबजार, लकडाउन देखाएर जनताको सम्पती बन्धक बनाउँदै नियामक

अव्यवस्थित नेपाली पूँजीबजार, लकडाउन देखाएर जनताको सम्पती बन्धक बनाउँदै नियामक


बिजखबर संवाददाता
3.8k
Shares

काठमाडौं । विगत साढे २ महिनादेखि बन्द अवस्थामा रहेको नेपालको पूँजी बजार खुलाउन नियामक निकायले चासो नदिँदा लगानीकर्ताको खर्बौंको लगानी बन्धक भएर बसेको छ । विश्वभर कोरोनाको महामारी फैलिदा सेयर कोरोबार हुने प्रायसबै देशमा स्टक एक्स्चेञ्ज खुला रहँदा नेपालमा भने लकडाउनकै कारण देखाएर लामो समय बन्द गरिएको छ ।

पछिल्लो समय नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले वास्तविक लगानीकर्ताको माग भन्दा पनि सामाजिक संजालमा आएका भ्वाईसलाई आधार बनाएर अघि बढ्दा जनताको लगानी बन्धक भएर बसेको छ । बजारका बहुमत लगानीकर्ताले सेयर बजार खुला गरेर कारोबार गर्न माग गरिरहँदा नियामक निकायहरुले भने सामाजिक संजालमा विरोध गर्ने सिमिति लगानीकर्तालाई आधार बनाएर सेयर कारोबारलाई बन्ध गरिएको छ ।

कोरोना पश्चात साढे २ महिना बजार बन्द हुँदा नियामकहरुले नेप्सेलाई फुल फ्लेज अनलाईनमा लगेर संचालनमा ल्याउनुको सट्टा लकडाउनलाई आधार बनाएर बन्द मात्र गरिरहँदा के अबका दिनमा नेपालमा पूँजी बजारको आवश्यकता नै छैन भन्ने प्रश्न चिह्न खडा गरेको छ । लामो समयको लकडाउनका कारण ब्यापार व्यवसाय बन्द हुँदा उद्योगी व्यापारीदेखि असन न्यूरोडका पसलेहरु प्रतिकारमा उत्रिएर आफ्ना व्यवसाय संचालन गर्न सुरु गरिरहँदा सेवोन, नेप्से र बजारका लगानीकर्ता चुप लागेरे बसेका छन् ।

बजार बन्द गर्नुपर्छ भन्ने मौन समर्थनका कारण नेपालमा सेयर बजारको आवश्यकता नै छैन भन्ने संकेत गरेको छ । ‘अहिले सबै व्यापार व्यवसाय खुल्न सुरु हुँदा सेयर बजारका नियामक निकाय र त्यससँग सम्बन्धित केही लगानीकर्ताहरु सामाजिक संजालनमा बजार खोल्न हुँदैन भन्ने आवाज उठाई रहेका छन् भने ठूला लगानीकर्ता पनि त्यसको मौन समर्थनमा छन्,’ एक लगानीकर्ताले भने, ‘यसको मतलब अबका दिनमा नेपालमा पूँजी बाजारको आवश्यकता छैन र तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्राईले भनेझै पूँजी बजारलाई जुवाघरमै रुपमा परिणत गरिदिएको छ ।’

अर्को कुरा नेपालजस्तो भर्रखरै फस्टाउँदै गरेको सेयर बजारमा लगानीकर्ताको हितका लागि भन्दै पूँजी बजार सम्बन्धी ५ वटा संगठनहरु खुलेका छन् । तीनै संगठनको मागलाई आधार बनाएर नियामक निकायहरुले नीतिगत रुपमा समस्या समाधान गर्न थालेका छन् भने ८÷१० जना सम्मिलन लगानीकर्ता संघले आन्दोलन गर्दैमा पूँजी बजार बन्द हुने वा खुला हुने अवस्था सिर्जना भएको छ ।

बजारमा च्याउसरी उम्रिएका लगानीकर्ता संघसंगठनले कति लागानीकर्तालाई समेटेका छन् ? उनीहरुले वास्तविक लगानीकर्ताको माग संवोधन गर्छ वा गर्दैन भन्ने विषयमा पनि नेप्से र सेबोनले अध्ययन अनसन्धान गर्नु जरुरी छ । ‘अहिले वास्तविक लगानीकर्ताको माग सम्बोधन गर्न भन्दा पनि केही ठूला लगानीकर्ताले आफ्नो व्यापारिक स्वार्थ र केहीले पारिवारका सदस्यहरु समावेस गरेर संस्था खोलका छन्,’ ती लगानीकर्ताले भने, ‘जसले समग्र बजार सुधारभन्दा पनि आफ्ना सिमित मागका लागि समय समयमा आन्दोलन तथा विरोध गर्ने काम गर्दै आएका छन् ।’

सिमिति व्यक्तिहरुको स्वार्थका आधारमा खोलिएका लगानीकर्ता संघहरु कतिको बैधानिक छन् ? उनीहरुले समग्र लगानीकर्ताहरुलाई समेटेका छन् कि छैनन् भन्ने विषयमा समेत नियामक निकायले अनुसन्धान गर्नु जरुरी छ । विना आधिकारीकता हात र टाउकोमा कालो पट्टी बाधेर नेप्से र सेवोनको गेटमा आन्दोल गर्ने र नियाकम निकायले पनि उनीहरुको धारणालाईनै आधिकारिक मान्दा सेयर बजारमा सुधार भन्दा पनि विकृति फैलिएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

साथै त्यसरी खुलेका लगानीकर्ता संघसंगठनका नेताहरुले बजार सुधारका लागि भन्दा पनि ब्रोकर अफिसमा बार्गेनिङ गरेर उधारोमा सेयर खरिद गर्ने गरको समेत एक ब्रोकरले जानकारी दिए । ‘पछिल्ला समय च्याउसरी खुलेका लगानीकर्ता संघका नेताहरु म फलानो संघको अध्यक्ष वा पदाधिकारी भन्दै उधारो सेयर किनिदिन भन्दै आउँछन्,’ ती ब्रोकरले भने, ‘उनीहरुले उधारोमा सेयर खरिद गरेर लामो समयसम्म भुक्तानी नगर्दा ब्रोकरहरु समस्यामा छन् ।’ साथै लगानीकर्ता संघसंगठनका नेताहरुको अनलाईन युजर नेम र आईडी समेत नभएको समेत ती ब्रोकरले जानकारी दिए ।

नेप्सेले लकडाउकोकै समयमा दुई दिन बजार खुलेपनि सिमित लगानीकर्ताको स्वार्थका लागि खोलिएका केही लगानीकर्ताको संघको दबाबमा बन्द गरेको थियो । सेयर बजार खुल्दा धेरै लगानीकर्ताले त्यसको समर्थन गरेपनि सामाजिक संजालमा विरोध गर्ने केही लगानीकर्ताकै आवाजलाई आधार बनाएर नियामक निकायले बन्द गर्दा त्यसले बहुसंख्यक लगानीकर्तालाई सेयर कारोबार गर्ने अधिकार कुन्ठत गरेको छ ।

यसैगरी नियामक निकायले सेवोन तथा नेप्सेले पनि नेपालको पूँजी बजारलाई अन्य देशको पूँजीबजारसँग तुलना गर्न नमिल्ने भन्दै तत्काल खोल्न नसकिने बताएका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले लगानीकर्ताहरु सहज रुपमा हिड्न पाउने व्यवस्था नभएसम्म सेयर बजार खुला गर्न नसकिने बताए । ‘हाम्रो पूँजी बजारलाई अन्तरराष्ट्रिय पूँजी बजारसँग तुलना गर्न मिल्दैन किनकि यहाँ सेयर खरिदबिक्रीका काम लगानीकर्ता स्वयम आफै उपस्थित भएर गर्नुपर्छ,’ उनले भने, ‘जेठ ३२ गतेसम्मलाई पूँजी बजार बन्दनै गर्ने निर्णय गरेका छौं त्यसपछि पनि लगानीकर्ताहरु सहज रुपमा हिडडु गर्न पाएको खण्डमा मात्र खुला गर्नेछौं ।’

तर नेप्सेका सीईओ चन्द्र सिंह साउद भने आफुले सुरु देखि नै पूँजी बजार खुला गर्नुपर्ने पक्षमा रहेको र विभिन्न बाध्यताले गर्दा खोज्न नसकिएको बताउँछन् । ‘म त सुरु देखि नै पूँजी बजार खोल्नुपर्ने पक्षमा थिए,’ उनले भने, ‘तर विभिन्न खालका दबाब र निर्देशनले गर्दा खोल्न सकिएन ।’

प्रतिक्रिया दिनुहोस्
MBL