Logo

करीव ७ अंकले घट्यो नेप्से, अधिकांश समूह रातो

करीव ७ अंकले घट्यो नेप्से, अधिकांश समूह रातो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१७ भदौ,काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ६ दशमलव ८६ अंकले ओरालो लागेको छ । तीन दिनदेखि लगातार ओरालो लागेको बजार बिहीवार १ हजार १ सय ६९ दशमलव ४० अंकमा झरेर बन्द भएको छ ।

सेयरबजारमा बढी प्रभाव रहेको बीमा, बैं तथा जलविद्युत समुहको परिसुचक ओरालो लागेकोले समग्र बजारमा नकारात्मक प्रभाव पारेको हो ।

बिहीबार बीम समुहको परिसुचक १ सय ३६ दशमलव ९७ अंक्ले घटेको छ । त्यस्तै होटल २७ दशमलव १७, जलविख्ुत ६ दशमलव २, बैंकिङ समुह ५ दशमलव ४७, फाइनान्स १ दशमलव ११ र विकास बैंकको परिसुचक ० दशमलव ८३ अंकले ओरालो लागेको हो । यता ट्रेडिङ समुहको सुचक भने ० दशमलव ४८ अंकले बढेको छ ।

१ सय ३१ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनिको ९ लाख ३ हजार ४ सय ८ कित्ता सेयर किनबेचबाट ५५ करोड ९७ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्