Logo

१५ अंकले घट्यो नेप्से, ७० करोडको कारोवार

१५ अंकले घट्यो नेप्से, ७० करोडको कारोवार


रामराजा श्रेष्ठ
54
Shares

बिजखर संबाददाता

१६ भदौ,काठमाडौं । बुधवार सेयरबजार १५ दशमलव ०८ अंकले ओरालो लागेको छ । सो दिन १ हजार १ सय ७६ दशमलव २६ अंकमा झरेर बजार बन्द भएको छ ।

सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय ७५ दशमलव ६७ अंकले ओरालो लागेको छ । त्यस्तै होटल २९ दशमलव ८,जलविद्युत २० दशमलव ९४ र बैंकिङ २० दशमलव १७ अंकले ओरालो लागेको छ । त्यसैगरी विकास बैंक र फाइनान्स समुहको परिसुचक क्रमशः ११ दशमलव ३८ र २ दशमलव ७ अंकले घटेको छ ।

यता उत्पादन र अन्य समुको परिसुचक भने ६७ दशमलव ४६ र २८ दशमलव १९ अंकले उकालो लागेको छ । १ सय ३३ कम्पनीको १० लाख ३ हजार ८ सय ४७ कित्ता सेयर किनबेचबाट ७० करोड ७१ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्