बिजखबर संबाददाता
१६ भदौ,काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ ५० हजार ८ सयमा झरेको छ ।
मंगलवार ५१ हजार ५५ रुपैयाँमा पुगेको सुन बुधवार २ सय ५५ रुपैयाँले घटेर ५० हजार ८ सयमा आइपुगेको हो । त्यस्तै सो दिन अनुसारको मूल्यमा पनि गिरावट आएको छ ।
चाँदी तोलामा ५ रुपैयाँले सस्तो हुँदै ६ सय ७५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।