Logo

बैंग्लोर उढ्दै निगमको जहाज, भाडा १० हजार ९२ रुपैयाँ

बैंग्लोर उढ्दै निगमको जहाज, भाडा १० हजार ९२ रुपैयाँ


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१५ भदौ,काठमाडौं । नेपाल वायुसेवा निगमले मंगलवारदेखि भारतको बैंग्लोर उडान सुरु गरेको छ । निगमको एयरबस ए३२०(२०० जहाजले दिउँसो १२ः४५ बजे बैंग्लोरतर्फ उड्दैछ । जहाजमा ९० यात्रु रहेका छन् ।

निगमले २००६ देखि काठमाडौं –बैंग्लोर उडान निगमले २००६ मा बन्द गरेको थियो । जहाजको अभाव भएको भन्दै उडान बन्द गरेको थियो । निगमका अनुसार सातामा ३ दिन मंगलबार, बिहीबार र शनिबार उडान बैंग्लोर उडान भर्नेछ ।

बैंग्लोरका लागि निगमले प्रवर्द्धनात्मक भाडादर करसहित १० हजार ९२ रुपैयाँ तोकिएको छ । विदेशी यात्रुले २ हजार २ सय २२ रुपैयाँ तिर्नुपर्छ ।

बैंग्लोरबाट विदा मनाउन नेपाल आउने र नेपालबाट बैंग्लोर जाने यात्रुहरुलाई लक्षित गर्दै उडान सुरु गरेको निगमले जानकारी दिएको छ । निगमले भदौ १८ गतेदेखि मुम्बई उडान सुरु गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्