Logo

१६ अंकले बढ्यो नेप्से, ६१ करोडको कारोवार

१६ अंकले बढ्यो नेप्से, ६१ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१४ भदौ,काठमाडौं । साताको दोश्रो दिन सोमवार १६ दशमलव ३९ अंकले बढ्यो । सो दिन १ हजार २ सय दशमलव १५ पुगेर बजार बन्द भएको हो ।

सोमबार कारोवारमा आएकामध्ये बीमा समुहको परिसुचक सवैभन्दा बढी ३ सय ८८ दशमलव ०२ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंकको १७ दशमलव ३२, होटलको १३ दशमलव ०१,बैंकिङ समुहको ६ दशमलव ६२ र फाइनान्स समुहको परिसुचक ० दशमलव ३२ अंकले उकालो लागेको छ ।

यता जलविद्युत तथा अन्य समुहको परिसुचक भने क्रमशः ५ दशमलव ८८ र १२ दशमलव ९२ अंकले ओरालो लागेको छ । १ सय ३२ कम्पनिको ९ लाख ३१ हजार ८ सय ६० कित्ता सेयरबाट ६१ करोड ३३ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL