Logo

युटिएलले ल्यायो दशै तिहार योजना, अढाइ सयमा ५६ दिनको इन्टरनेट

युटिएलले ल्यायो दशै तिहार योजना, अढाइ सयमा ५६ दिनको इन्टरनेट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१४ भदौ, काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटिएल)ले दशैं तथा तिहारलाई लक्षित गर्दै आकर्षक इन्टरनेट डाटा प्याकेज ल्याएको छ । प्याकेजअन्तर्गत २ सय ५० रुपैयाँ तिरेर ५६ दिनसम्म अनलिमिटेड इन्टरनेट चलाउन पाइने छ ।

योजनामा भदौ १५ गतेदेखि असोज ८ गतेभित्र युटिएलको डाटा प्याक सिम किन्दा  अनलिमिटेड इन्टरनेट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार असोज ९ गतेदेखि यो डाटा प्याक स्वतः नियमित इन्टरनेट सेवामा परिणत हुनेछ । नियमित सेवामा ग्राहकहरुले मासिक ५ सय ६५ रुपैयाँ तिरेर अनलिमिटेड इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।

सस्तो डाटा प्याक भने नयाँ सिममा मात्रै लागू हुनेछ । यस अघिका प्याकेजमा यो योजना लागू नहुने कम्पनीले जानकारी दिएको छ । भदौ १५ गते डाटा प्याक लिनेले ५६ दिन र असोज ८ गते सिम किन्नेले ३२ दिनसम्म सस्तो इन्टरनेट चलाउन पाउने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्