Logo

करीब ६ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

करीब ६ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ भदौ,काठमाडौं । बुधवार सेयर बजार ५ दशमलव ८४ अंक्ले ओरालो लागेको छ । सो दिन १ हजार ७ सय ७५ दशमलव ५७ अंकमा झरेर बजार बन्द भएको हो ।

बुधबार कारोवारमा आएकामध्ये अन्य समुहको परिसुचक सवैभन्दा बढी ३८ दशमलव ७६ अंकले घटेको छ । त्यस्तै उत्पादन समुहको ६ दशमलव ५२,बैंकिङ ५ दशमलव ५२ र जलविद्युत समुहको परिसुचक ४ दशमलव ०६ अंकले घटेको छ ।

यता बीमा,होटल,विकास बैंक तथा फाइनान्स समुहको परिसुचक भने ६३ दशमलव ०९,१३ दशमलव ३२,२ दशमलव ०१ र ० दशमलव २५ अंकले बढेको छ । सो दिन कारोवारमा आएका १ सय ३० कम्पनीको ८ लाख ५७ हजार ३ सय २३ कित्ता सेयरबाट २९ करोड ८० लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL