Logo

सामान्य घट्यो नेप्से, ३३ करोडको कारोवार

सामान्य घट्यो नेप्से, ३३ करोडको कारोवार


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

८ भदौ,काठमाडौं । मंगलवार सेयर बजार ० दशमलव ३४ अंकले ओरालो लागेको छ । सो दिन बजार १ हजार १ सय ८१ दशमलव ४१ अंकमा झरेर बन्द भएको छ ।

मंगलवार कारोवारमा आएका मध्ये अधिकांश समुहको परिसुचक ओरालो लागेको छ । सो दिन होटल समुहको परिसुचक सवैभन्दा बढी ३० दशमलव ९२ अंकले घटेको छ ।

त्यस्तै बैंकिङ समुहको ५ दशमलव ५८, बीमा ४ दशमलव ४७, फाइनान्स ० दशमलव ३५ र जलविद्युत समुहको परिसुचक ० दशमलव ३२ अंकले ओरालो लागेको छ । यता विकास बैंक र अन्य समुहको परिसुचक भने क्रमशः ३ दशमलव ४९ र २४ दशमलव ६६ अंकले बढेको छ ।
कारोवारमा आएका १ सय २८ कम्पनीको ७ लाख ७८ हजार ७ सय ६४ कित्ता सेयरबाट ३३ करोड १२ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL