Logo

३ अंकले घट्यो नेप्से, ४६ करोडको कारोवार

३ अंकले घट्यो नेप्से, ४६ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ भदौ,काठमाडौं । सोमवार सेयर बजार २ दशमलव ९२ अंकले ओरालो लागेको छ । सो दिन १ हजार १ सय ८१ दशमलव ७५ अंकमा झरेर बजार बन्द भएको हो ।

सोमबार कारोवारमा आएका मध्ये होटल समुहको परिसुचक सवैभन्दा बढी २१ दशमलव ७४ अंक्ले ओरालो लागेको छ । त्यस्तै बैकिङ समुहको १४ दशमलव ३७, अन्य समुको ११ दशमलव ७४ र जलविद्युतको ७ दशमलव ५२ अंकले घटेको छ ।

यता बीमा समुहको परिसुचक भने १ सय ३१ दशमलव ६४ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक र फाइनान्स समुहको परिसुचक क्रमशः २५ दशमलव २४ र ४ दशमलव ०५ अंकले बृद्धि भएको छ ।

२० लाख ४८ हजार ६ सय ५८ कित्ता सेयरबाट ४६ करोड ८० लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL