Logo

सडकमा जुत्ता,चप्पल बनाए व्यवसायीले, बन्द सधैका लागि बन्द गर्न आग्रह

सडकमा जुत्ता,चप्पल बनाए व्यवसायीले, बन्द सधैका लागि बन्द गर्न आग्रह


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

६ भदौ,काठमाडौं । नेपाल जुत्ता तथा चप्पल उद्योग व्यवसायी संघले सडकमै जुत्ता चप्पल बनाएर बन्दको बिरोध गरेका छन् । उनीहरुले आयतवार मायतिघर मण्डलामा सडकमा चप्पल बनाए बन्द सधैंका लागि बन्द गर्न आग्रह गरेका हुन् ।

आदिवासी जनजाति महासंघले आइतवार र सोमबार दुई दिन बन्द घोषणा गरेका छन् । बन्दले गर्दा उद्योग कलकारखानामा प्रत्यक्ष प्रभाव परेको र दैनिक करौंडौको घाटा ब्यहोर्नु परेको भन्दै उनीहरुले विरोध गरेका छन् ।
साथै बन्द समाधान होईन समस्या मात्र हो भन्दै माग पूरा गराउने नाममा बन्द जस्तो अप्रिय काम नगर्न सबैपक्षसंग आग्रह गरेको छ ।

बन्दका कारण उद्योग धन्दा चल्नै नसक्ने अवस्थामा पुगेकाले बन्द आयोजकलाई यसको विकल्प खोज्न आग्रह गर्दै नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घका अध्यक्ष नरेश कटुवालले सडकमै जुत्ता चप्पल बनाउनु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्