बिजखबर संवाददाता
४ भदौं, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ ।
बजारमा सुन प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य उकालो लागेसँगै नेपाली बजारमा पनि बढेको महासंघको दावी छ ।
स्थानीय बजारमा चाँदीको मुल्यमा पनि बृद्धि भएको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय १५ रुपैयाँमा कारोवार भइहरको छ ।