बिजखबर संवाददाता
२८ साउन, काठमाडौं । विहीबार स्थानीयन बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । पछिल्ला दिनमा लगातार बढेको सुनको मुल्य विहीबार प्रतितोला ४९ हजार २ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
बजारमा चाँदीको मुल्य पनि केहीदिन यता बढीरहेको छ । बुधबार प्रतितोला ५ रुपैयाँले बढेको चाँदी विहीबार १० रुपैयाँले बढेर ६ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।