Logo

एकैदिन ७ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि

एकैदिन ७ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

बुधबार स्थानीय बजारमा सुनको मुल्य ७ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेर ४८ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला ४८ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै बजारमा तेजावी सुन प्रतितोला ४८ हजार ६ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

बजारमा चाँदीको मुल्यमा पनि सामान्य बृद्धि भएको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्