Logo

कोकाकोला नेपालद्धारा गीत सार्वजनिक ,लेखक आचार्यलाई १ दर्जन गायकको साथ

कोकाकोला नेपालद्धारा गीत सार्वजनिक ,लेखक आचार्यलाई १ दर्जन गायकको साथ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२६ साउन,काठमाडौं । कोकाकोलाले फेरि उठ्ने छ नेपाल अभियानको शुरु गरेको छ ।  जसअन्र्तगत सोमबार रञ्जित आचार्यले लेखेको गीत सार्वजनिक गरिएको छ ।

सो गीतमा जेम्स प्रधानले संगित दिएका छन् ।

उक्त गीतमा भूकम्पका बेलामा नेपाली जनताले देखाएको अटुट साहस र धैर्यताको उदाहरण दिंदै राष्ट्र पुनर्निर्माणमा अघि बढ्न सबैलाई आग्रह गरेको छ । सो गीतमा आनि छोइङ डोल्मा, सुगम पोखरेल, जेम्स प्रधान, इन्दिरा जोशी, एड्रिएन प्रधान, निर्णय दा एनएसके, दिपक बज्राचार्यका साथै युवा गायकहरु रोहित जोन क्षेत्री, सोमिआ बराइलि, कमल खत्री, एड्रे, लगायतले पनि स्वर दिएका छन् । साथै माइती नेपालका ८ जना युवा गायक–गायिका समुहले समेत गायनमा साथ दिएका छन् ।

गीतले नेपाली जनताको अदम्य साहसको उदाहरण दिंदै अहिलेको विषम परिस्थितिमा आफ्नो धैर्य नगुमाई अगाडि बढ्ने, केही गर्ने र नेपालको पुनर्निर्माणमा सहभागी बन्ने नेपालीको इच्छाशक्तिको कदर गरेको छ ।

नेपालका लागि कोका–कोलाका कन्ट्री मेनेजर आलोक कोहलीले आगामी दिन राष्ट्र पुनर्निर्माण नै पहिलो प्राथमिकताका रुपमा रहने छ, तब एकता, धैर्यता र सकारात्मक उर्जाको आवश्यकता बढ्ने बताए ।

साथै यस फेरि उठ्ने छ नेपाल अभियान मार्फत कोका–कोलाले नेपाली जनताले देखाएको उर्जामा थप बल प्रदान गर्न सानो तर महत्वपूर्ण भुमिका निभाउने जानकारी दिए । सो अवसरमा बोटलर्स नेपाल लिमिटेडका प्रवन्ध निर्देशक सलमान लतिफ राँले कोकाकोला फेरि उठ्नेछ नेपालको शुरुवात संगै नेपाली जनताको साहस र उर्जामा थप बल पुग्ने र देशको हरेक कुनामा सकारात्मक उर्जा फैलिने कुरामा आशाबादी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्