Logo

१८ अंकले बढ्यो नेप्से, ७३ करोडको कारोवार

१८ अंकले बढ्यो नेप्से, ७३ करोडको कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२५ साउन,काठमाडौं । साताको दोश्रो दिन सोमबार सेयर बजार १७ दशमलव ९५ अंकले बढेको छ ।

सो दिन १ हजार ८१ दशमलव ३६ अंकमा पुगेर बजार बन्द भएको हो ।

सोमवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ६७ दशमलव १३ अंकले उकालो लागेको छ । त्यस्तै बैंकिङ समुहको २७ दशमलव २६ र बिकास बैंकको परिसुचक १० दशमलव ५५ अंकले बृद्धि भएको छ । यता होटल, जलविद्युत तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः ६ दशमलव ६६, ३० दशमलव ६९ र २ दशमलव ३६ अंकले ओरालो लागेको छ ।

१ सय २९ कम्पनीको ११ लाख ४५ हजार ७ सय १६ कित्ता सेयर बाट ७३ करोड २३ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL