Logo

सेयर बजारमा सिमांकनको प्रभाव, २३ अंकले बढ्यो नेप्से

सेयर बजारमा सिमांकनको प्रभाव, २३ अंकले बढ्यो नेप्से


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ साउन,काठमाडौं । आइतवार सेयर बजारमा सिमांकनको सकारात्मक प्रभाव परेको छ ।  साताको पहिलो दिन  सेयर २३ दशमलव ०५ अंकले बढेको छ ।

सो दिन १ हजार ६३ दशमलव ४१ अंकमा पुगेको बजार बन्द भएको हो ।

सो दिन अधिकांश समुहको परिसुचक उकालो लागेको छ । आइतवार सेयर बजारमा बढी प्रभाव रहेको बीमा र बैकिङ समुहको परिसुचक क्रमशः ५७ दशमलव ६७ र ३५ दशमलव ४७ अंकले बढेको छ । त्यस्तै उत्पादन समुहको ३३ दशमलव ६६, अन्य ५ दशमलव ८ठ, विकास बैंक १ दशमलव ३९ र होटल समुहको परिसुचक १ दशमलव ०७ अंकले उकालो लागेको छ ।

यता जलविद्युत तथा फाइनानस समुहको परिसुचक भने २३ दशमलव ५छ र १ दशमलव ३ अंकले ओरालो लागेको छ । सो दिन १ सय ३८ कम्पनीको ११ लाख १० हजार ८ सय ५ कित्ता सेयरबाट ६४ करोड ५१ लाखको कारोवार भएको छ  ।

प्रतिक्रिया दिनुहोस्
MBL