Logo

प्रतितोला २ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि

प्रतितोला २ सयले बढ्यो सुन, चाँदीमा पनि बृद्धि


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२४ साउन,काठमाडौं । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ २ सय रुपैयाँले बढेको छ ।

केही दिन स्थिर रहेको सुन आइतवार भने बढेर ४७ हजार ७ सय रुपैयाँमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अघिल्लो हप्ताको केही दिन सुन ४७ हजार ५सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रवार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको थियो । अमेरिकी गैर–कृषिक्षेत्रको तथ्याङ्कले फेडरल रिजर्भले ब्याजदर तत्कालै बढाउने निर्णयलाई केही पर धकेल्ने सङ्केत गरेपछि सुनको भाउ बढेको हो । त्यसको प्रभाव आइतवार नेपाली बजारमा देखिएको छ ।

आइतबार चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेर तोलाको ६ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL