बिजखबर संबाददाता
१९ साउन,काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ निरन्तर ओरला लागिरहँदा नेपाली बजारमा पनि यसको प्रभाव देखिएको छ ।
मंगलवार सुनको मूलय प्रतितोला ३ सय रुपैयाँले् घटेको छ । सो दिन सुन प्रतितोला ४७ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
मंगलवार चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ६ सय ६० रुपैयाँमा कारोवार भएको छ ।