Logo

९ दिनपछी पूनः घट्यो सुनको मूल्य, प्रतितोला ४७ हजार ८ सयमा किनबेच

९ दिनपछी पूनः घट्यो सुनको मूल्य, प्रतितोला ४७ हजार ८ सयमा किनबेच


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१८ साउन,काठमाडौँ । विगत ९ दिनदेखि स्थिर रहेको सुनको मूल्य सोमवार पूनः घटेको छ ।

सो दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य घटेर ४७ हजार ८ सय रुपैयाँमा झरेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घटिरहे पनी नेपालमा भने माग बढी भएको तथा सुन अभावको कारण देखाउदै व्यवसायीहरुले विगत ९ दिनदेखि मूल्य स्थिर राखेका थिए । डलरको भाउ बलियो हुँदै जानु सुनको मूल्यमा गिरावट आउनुको एक कारण हो ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ। प्रतितोला ६ सय ६५ रुपैयाँमा चाँदीको कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्