Logo

पल्सरका दुई नयाँ मोडल बजारमा, डिजाइन र इन्जिन उत्कृष्ट

पल्सरका दुई नयाँ मोडल बजारमा, डिजाइन र इन्जिन उत्कृष्ट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१७ साउन,काठमाडौं । बजाजको नयाँ पल्सर ‘आर एस २००’ र ‘एएस २००’ बजारमा भित्रिएको छ । शनिवार एक कार्यक्रमबीच हंससराज हुलासचन्द कम्पनी प्रालिका कार्यकारी निर्देशक शेखर गोल्छाले ती वाइक सार्वजनिक गरेका थिए ।

दूरि र क्षेत्रका लागि उपयुक्त पावर र अल्फा मेल मस्कुलर स्टाइलिङलाई परिभाषित गरेको गोल्छाले बताए । पल्सर आरएस २०० सुपर बाइकको  डिजाइन, फिट र फिनिसिङले हरेक नेपाली युवाको स्र्पोट्स बाइक सपना साकार पारेको उनले जानकारी दिए ।

हाइ इनटेनसिटि क्रिस्टल एलइडि टेल लाइटले सबैलाई आकर्षित गर्नुका साथै पल्सर एएस २०० को विशेष तरिकाबाट निर्मित विस्तारित, हावा प्रतिरोधात्मक भाइजरले लामो दुरिको यात्रामा सहयोग पु¥याउँछ । बजाजकै एनएस २०० लाई आधार मानेरै निर्माण गरिएको एएस २०० ले प्रेस्ड स्टिल पेरिमिटर फ्रेमको  प्रयोग गर्दछ, जसका कारण हाइ–स्टिफनेस र लो–फ्रलेक्स रेसियोप्राप्तगर्न मद्दत गर्दछ ।

बाइक अघिल्तिरबाट एउटा टेलिस्कोपिक फ्रन्ट फोर्क र नाईट्रक्स मोनो सस्पेन्सनदेख्न सकिन्छ। एएस २००मा१३६३ मिमिबेसको पाङ्ग्रा रहेको छ जुन, यो क्लासका बाइक मध्यकै सबैभन्दा लामो हो ।

सो अवसरमा कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले अहिले सम्म मोटरसाइकलको बजारमा सबैभन्दा अग्रणी स्थानमा रहनुमा  सर्वोत्कृष्ट डिजाइन र उत्कृष्ट इन्जिन प्रविधिलाई प्रमुख स्थान दिनु नै हो ।

प्रतिक्रिया दिनुहोस्