काठमाडौं । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्प, ग्याँस उद्योग, ग्याँस डिलर तथा कालीमाटी फलफुल तथा तरकारी बजारको अनुगमन गरेका छन । बुधबार विहानै उनले आफ्नो निजी गाडीमार्फत विभिन्न स्थानको अनुगमन गरेका हुन ।

उनलेपुल्चोक,जावलाखेल,कुमारीपाटी,महालक्ष्मीस्थान,सातदोबाटो,एकान्तकुना,बल्खु,कलंकी,कालीमाटी,टेकु,त्रिपुरेश्वर लगायतको ठाउँमा झण्डै दुई दर्जन बढी पेट्रोल पम्पमा अनुगमन गरेका हुन ।

सबै स्थानमा उनले कुनै कुराको कमि नभएको र कालोबजार पनि भएको नपाईएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।


