बिजखबर संवाददाता
१० साउन, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । गत साता उच्च रुपमा घटेको सुन आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आइतबार बजार खुलेपछि सुन प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी बजारमा तेजावी सुन ४७ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।
स्थानीय बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । आइताबार चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले बढेर ६ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।