Logo

कच्चा तेलको मूल्यमा गिरावट आउँदा क्रिप्टोकरेन्सीको बजारमा उथलपुथल, एकैदिन २६ अर्ब डलरको गिरावट

कच्चा तेलको मूल्यमा गिरावट आउँदा क्रिप्टोकरेन्सीको बजारमा उथलपुथल, एकैदिन २६ अर्ब डलरको गिरावट



काठमाडौं । विश्व बजारमा तेलको मूल्यमा गिरावट आएसँगै सोमबार क्रिप्टोकरेन्सीमा समेत भारी गिरावट आएको छ । ‘कोईन मार्केट डट कम’का अनुसार सोमबार दिउँसोसम्म एकैदिनमा क्रिप्टोकरेन्सीको बजारमा २६ अर्ब ४३ करोड डलर बराबरको गिरावट आएको हो ।

सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटकोईनको मूल्य पनि सोमबार २४ घण्टामा १० प्रतिशतले ओरालो लागेको थियो ।

आईतबार राती साउदी अरेबीयाले कच्चा तेलको मूल्य ३१ प्रतिशतले खुम्च्याउँदा यसको प्रत्यक्ष असर क्रिप्टोकरेन्सीमा परेको सीएनबीसीले उल्लेख गरेको छ ।

सीएनबीसीका अनुसार कच्चा तेलको मूल्यमा गिरावट आउँदा सेयर बजारमा समेत यसको ठुलो असर परेको छ । सोमबार अमेरिकी सेयरबजारमा गिरावट आईरहेका बेला जापान तथा हंगकंगको सेयरबजारमा समेत उच्च गिरावट आएको थियो ।

यस्तै क्रिप्टोकरेन्सी मार्केटका ठुला डिजिटल कोईन इथेरियम, एक्सआरपी तथा बिटकोईन क्यासको बजारमूल्य समेत दोहोरो अंकले ओरालो लागेको छ ।

बिटकोईनको असाधारण खरिदविक्रीका बाबजुद अहिले भएको भारी गिरावटलाई सामान्य मान्न नसकिने लगानीकर्ताहरुको धारणा छ । तर बजारका केही क्रिप्टोकरेन्सी लगानीकर्ताले यो समयलाई बिटकोईनमा लगानीको अवसरका रुपमा लिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL