Logo

प्रतितोला १५ सयले घट्यो सुन, ४८ हजारमा कारोवार

प्रतितोला १५ सयले घट्यो सुन, ४८ हजारमा कारोवार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ साउन, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनसम्म प्रतितोला ४९ हजार ५ सय रुपैयाँमा कारोवार भइरको सुनको मुल्य एकैदिन १ हजार ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासघका अनुसार बुधबार सुन प्रतितोला ४८ हजार रुपैयाँमा कारोवार भइरहेको छ । पछिल्लो १ महिनामा सुनको मुल्य प्रतितोला ४ हजार रुपैयाँभन्दा बढीले घटेको छ ।

साथै महासंघले नेपाली बजारमा सुनको मुल्य अझै घट्ने जानकारी दिएको छ ।

स्थानीय बजारमा चाँदीको मुल्य पनि ओरालो लागेको छ । बुधबार चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL