Logo

सेयर कारोबारको आकार बढेसँगै सिडिएसीले जारी गर्यो सर्कुलर, सेयर बेचेको भोलीपल्टै राफसाफ

सेयर कारोबारको आकार बढेसँगै सिडिएसीले जारी गर्यो सर्कुलर, सेयर बेचेको भोलीपल्टै राफसाफ



काठमाडौं । सेयर बजारमा कारोबारको भोलुम बढेसँगै सिडिएससी एण्ड क्लियरिङ हाउसले लगानीकर्तालाई सेयर बिक्री गरेको भोलीपल्टै सम्बन्धित ब्रोकरको गई राफसाफका लागि बुझाउन निर्देशन दिएको छ ।

धितोपत्रको राफसाफ बिक्री गरेको ३ कार्यदिन भित्र गरिसक्नुपर्ने भएपनि पछिल्लो समय बजार बढेको कारोबार भोलुमको आधारमा नभ्याइने भन्दै सिडिएससीले भोलीपल्टै लगानीकर्ताले बिक्री गरेको धितोपत्र सम्बन्धित राफसाफ सदस्यको खातामा हस्तान्तरण गर्नका लागि आफ्नो खाता रहेको हितग्राही सदस्यलाई जारी गरिने निर्देशन पूर्जी कारोबार पछिको दोस्रो दिनमै अनिवार्य रुपमा ब्रोकर अफिसमा बुझाउन निर्देशन दिएको छ ।

साथै भौतिक निर्देशन पुर्जी जारी गर्ने लगानीकर्ताले कारोबार सम्पन्न भएकै दिन बिक्रीकर्ता राफसाफ सदस्यलाई आफुले बिक्री गरेको सेयरको लागतको भारित औषत उपलब्ध गराउन निर्देशन दिएको छ ।

यदि कुनै लगानीकर्ताले तोएको समयमा निर्देशन पुर्जी नबुझाएका कारण कारोबार क्लोजआउट हुन गएमा वा लागतको भारित औषत नबुझाएमा धितोपत्रको चुक्ता मूल्यको आधारमा लाभकर गणना हुन गएमा सोको जिम्मेवार सम्बन्धित बिक्रीकर्ता नै हुने सिडिएससीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL