Logo

बढ्दो बजारमा सेयर बिक्री गरेर उम्किए ठूला लगानीकर्ता, चेपुवामा नवप्रवेसी र साना, ३ बर्षपछि उल्टो सर्किट

बढ्दो बजारमा सेयर बिक्री गरेर उम्किए ठूला लगानीकर्ता, चेपुवामा नवप्रवेसी र साना, ३ बर्षपछि उल्टो सर्किट



काठमाडौं । गत हप्ता बेलुनझै फुलाएर बढाइएको बजारमा ठूला लगानीकर्ताले आफूसँग भएको सेयर बिक्री गरेर बजारबाट एक्जिट भएका छन् । सामाजिक संजालमा छद्मभेसी नामबाट अब सेयर बजार बुलिस ट्रेन्ड समातेको र बजार २००० अंकमाथी पुग्ने हवाला दिँदै विभिन्न खालका पोष्ट गरेर बढाइएको बजारमा ठूला लगानीकर्ताले अबसरको रुपमा उपयोग गरेका छन् भने साना र नवप्रवेसी लगानीकर्ता भने फस्न पुगेका छन् ।

गत हप्ता दैनिक ७० अंकसम्म बढेको बजारमा सिमित ठूला लगानीकर्ताले दैनिक रुपमा ५ देखि २० करोड रुपैयाँसम्मको सेयर बिक्री गरेका थिए भने सोही अनुपातमा साना र नयाँ लगानीकर्ताहरु प्रवेश भएका थिए । कुनै आधारविना केही लगानीकर्ताले सामाजिक संजालनमा गरेको हल्लाको भरमा पछि लाग्दा साना तथा नवप्रवेसी लगानीकर्ता मर्कामा परेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

‘गत हप्तासम्म सिमित ठूला लगानीकर्ताले बजार बढाउनका लागि विभिन्न खालका हल्ला फैलाएर सोही अनुरुपमा आफुसँग भएको सेयर बिक्री गरे,’ एक लगानीकर्ताले भने, ‘अहिले उनीहरु नाफा बुक गरेर बजारमाबाट एक्जिट भैसके तर त्यसको मारमा साना र नवप्रवेसी लगानीकर्ताहरु परेका छन् ।’

गत हप्तासम्म ठूला लगानीकर्ताले आफूसँग भएको सेयर ठूलो मात्रामा विक्री गर्दै नाफा बुक गरेर बाहिर निस्किएका कारण यो हप्ता बजारमा पहिलो गएको एक लगानीकर्ताले जानकारी दिए । सोही अनुरुप लामो समयपछि नेप्से परिसुचकका उल्टो सर्किट हान्न पुगेको छ ।

करिव ३ बर्ष पछि नेप्से परिसुचकमा ५ प्रतिशतले गिरावट आउँदै उल्टो सर्किट हान्न पुगेको छ । नेप्सेको नयाँ प्रावधान अनुरुप ५ प्रतिशतले सर्किट हानेको बजारमा आधा घण्टा रोकिएर पुनः खुल्ने छ । सन् २०१७ को अर्पिल ३ मा उल्टो सर्किट हानेको नेप्से परिसुचकले करिव ३ बर्ष पछि ५ प्रतिशतले घटेर सोही अनुरुप उल्टो सर्किट हानेको हो ।

उल्टो सर्किट हानेको बजारमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक ५४९ अंकले ओरालो लागेको छ भने निर्जीवन बीमा समुहको परिसुचकमा ४७० अंकको गिरावट आएको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि ७६ दशमलव ७२ अंकले गिरावट आएको छ ।

सोमबार ५ प्रतिशते घटेर उल्टो सर्किट हान्दा बजारमा १ अर्ब ९८ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ भने अधिकांश कम्पनीमा बिक्री चाप देखिएको छ । बजारमा अल्पकालिन लगानीकर्ताको प्रवेश भएको र सोही मौका छोपी ठूला लगानीकर्ताहरु सेयर बिक्री गरेर एक्जिट हुँदा बिक्री चाप बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । लामो समय घटेको बजारबाट ठुला लगानीकर्ता नाफा बुक गरेर एक्जिट भएका कारण बजार अझै ओरालो लाग्ने विश्लेषकहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्