Logo

बजेट भाषणको भोलिपल्ट ४ अंकले बढ्यो नेप्से, कारोवारमा पनि बृद्धि

बजेट भाषणको भोलिपल्ट ४ अंकले बढ्यो नेप्से, कारोवारमा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० असार, काठमाडौं । बजेट भाषणको भोलिपल्ट नेप्से परिसुचक ४ दशमलव २६ अंकले उकालो लागेको छ । बजार खुलेको केही समय ओरालो लागेको नेप्से परिसुचक अन्तमा बढेर ९ सय ५० दशमलव ७२ अंकमा पुगेर अडिएको छ ।

अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७२/०७३ को बजेटमा वित्तीय क्षेत्रलाई उच्च प्राथमिकता दिएसँगै बैंक तथा अन्य वित्तीय क्षेत्रको सेयर सुचक उकालो लागेको छ ।

बुधबार सवैभन्दा बढी होटल र उत्पादनमुलक क्षेत्रको सेयर परिसुचक उकालो लागेको छ । होटल समुहको परिसुचक ३७ अंकले बढेको छ भने उत्पादनमुलक समुहको परिसुचक २९ अंकले बढेको छ । यसैगरी, बीमा र जलविद्युत् समुहको परिसुचक २०÷२० अंकले बढेका छन् भने बैंकिङ समुह २ अंकले उकालो लागेको छ । बुधावार विकास बैंक समुहको परिसुचक १२ अंकभन्दा बढीले उकालो लागेको छ । सोही दिन बजारमा व्यापार समुहको परिसुचक भने ४ अंकले ओरालो लागेको छ ।

अघिल्ला दिनको तुलनामा बजारमा कारोवार रकम पनि बढेको छ । दिनभर १ सय ४३ कम्पनीको ३४ करोड २७ लाख रुपैयाँ बरावरको सेयर कारोवार भएको छ । यस्तै, सेयर कारोवार संख्यामा पनि बृद्धि भएको छ । दिनभर ९ लाख ७१ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL