Logo

प्लाईउडमा नेपाल आत्मनिर्भर, कु–काठलाई नगदेबालीको रुपमा विकास गर्ने सरकारको तयारी

प्लाईउडमा नेपाल आत्मनिर्भर, कु–काठलाई नगदेबालीको रुपमा विकास गर्ने सरकारको तयारी



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली उद्योगीहरुले गुणस्तरीय र प्रतिस्पर्धी प्लाइउड उत्पादन गर्न जोड दिनुपर्ने बताएका छन् । अर्थ मन्त्रालयमा नेपाल प्लाइउड उत्पादन संघका पदाधिकारीहरुसंगको भेटघाटमा अर्थमन्त्री डा. खतिवडाले प्लाइउडमा नेपाल आत्मनिर्भर भएकोमा खुशी व्यक्त गर्नुहुँदै नेपाली बजारको माग अनुरुप गुणस्तरीय प्लाईउड उत्पादन गर्नुपर्ने बताएका हुन् ।

साथै अर्थमन्त्री डा. खतिवडाले कु–काठजन्य वनस्पतिलाई नगदे बालीको रुपमा विकास गरी वैज्ञानिक वन व्यवस्थापनमा सरकारले गृहकार्य गरिरहेकोे बताए । अर्थमन्त्री डा. खतिवडाले स्वदेशी उद्योगलाई संरक्षण र सहयोग गरी मुलुकमा रोजगारी सृजना गर्ने, व्यापार घाटा कम गर्ने सरकारको नीति भएको उल्लेख गर्दै प्लाइउड उत्पादक संघले राखेका समस्याहरुका बारेमा छलफल गरी समाधान गरिने बताए ।

प्लाइउड उद्योगसंग सम्बन्धित समस्याहरु माननीय अर्थमन्त्री समक्ष राख्दै नेपाल प्लाइउड उत्पादन संघका अध्यक्ष प्रदिप कुमार चौधरीले हाल नेपालमा प्लाइउड सम्बन्धी ६७ वटा उद्योगहरु चालु अवस्थामा रहेका, यसमा करिब ३० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको तथा प्लाइउडमा नेपाल आत्मनिर्भर रहेको बताए

प्रतिक्रिया दिनुहोस्
MBL