Logo

माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५ बजारमा, मूल्य साढे १३ हजार

माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५ बजारमा, मूल्य साढे १३ हजार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२७ असार,काठमाडौं । माइक्रोम्याक्सको क्यानभास प्ले क्यू ३५५ नेपाली बजारमा भित्रिएको छ ।

एण्ड्रोइड ५ दशमलव ० किटक्याट को यो मोवाइलमा १ दशमलव ३ गिगाहर्जको क्वाड प्रोसेसर र १ जीबी र्याम छ । मोबाइल फोन हेर्दा निकै आकर्षक हुनुका साथै नयाँ एप्लिकेसनहरु र गेमहरु पनि सजिलै चलाउन सकिने बताइएको छ ।

५ दशमलव ५ इन्चको एफडब्लुजीजीए स्क्रिन भएको माइक्रोम्याक्स क्यानभास प्ले क्यू३५५ मा २ ८ सय २० एमएएचको ब्याट्री लाइफ छ । जसले १० घण्टाको टकटाइम दिन्छ ।

५ मेगापिक्सलको क्यामरा,८ जीबीको इन्टर्नल मेमोरी छ र यसलाई ३२ जीबीसम्म मेमोरी बढाउन सकिन्छ । यसको बजार मूल्य १३ हजार ६ सय ४२ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL