Logo

करिव ५ अंकले बढ्यो नेप्से, २६ करोडको कारोवार

करिव ५ अंकले बढ्यो नेप्से, २६ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२२ असार,काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव ६० अंक्ले उकालो लागेको छ । सोमबार ९ सय ३६ अंकमा बन्द भएकोमा मंगलवार ९ सय ४१ दशमलव ३६मा पुगेर बजार बन्द भएको छ ।

सो दिन कारोवारमा आएकामध्ये फाइनान्स समुहको बाहेक अन्य सवैको परिसुचक उकालो लागेको छ । उत्पादन समुहको सुचक सवैभन्दा बढी १४ दशमलव ५३ अंकले बढेको छ ।

त्यस्तै होटल १२ दशमलव ७७, जलविद्युत ७ दशमलव ३२, अन्य ७ दशमलव ०५, बैंकिङ ४ दशमलव २१, बीमा ६ दशमलव २ र  विकास बैंक ४ दशमलव २ अंकले बढेको छ ।

१ सय कम्पनीको ७ लाख ६५ हजार ४ सय ४९ कित्ता सेयर किनबेचबाट २६ करोड ८९ लाख ५ हजार रुपैयाँ बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL