Logo

० दशमलव ९४ अंकले घट्यो नेप्से, १७ करोडको कारोवार

० दशमलव ९४ अंकले घट्यो नेप्से, १७ करोडको कारोवार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

२० असार,काठमाडौं ।  साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ० दशमलव ९४  अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार ९ सय ३८ दशमलव ०२ अंकमा झरेर बन्द भएको हो ।

आइतवार कारोवारमा आएकामध्ये जलविद्युत र फाइनान्स समुहबाहेक अन्य सबै समूहको परिसुचक ओरालो लागेको छ । सो दिन  उत्पादन समुहको परिसुचक सवैभन्दा बढी १६ दशमलव १९ अंक्ले घटेको छ ।

त्यस्तै विकास बैंकको ४ दशमलव १५, ट्रेडिङ ३ दशमलव ६३, बीमा ० दशमलव ६२, होटल ० दशमलव ३३ र बैंकिङ समुहको परिसुचक ० दशमलव ५६ अंकले घटेको छ । यता जलविद्युत तथा फाइनान्स समुहको परिसुचक भने क्रमशः ३ दशमलव ९३ र ० दशमलव २ अंकले बढेको छ ।

१ सय २६ कम्पनीको ४ लाख ४१ हजार ७ सय कित्ता सेयर किनबेचबाट १७ करोड ४१ लाख बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL