Logo

पुष्प व्यवसायी पन्तलाई राष्ट्रपति उत्कृष्ट कृषक सम्मान , नगद १ लाख पुरस्कार

पुष्प व्यवसायी पन्तलाई राष्ट्रपति उत्कृष्ट कृषक सम्मान , नगद १ लाख पुरस्कार


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

असार १५,काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपाल चितवन शाखाका अध्यक्ष प्रकाश पन्त राष्ट्रपति ‘उत्कृष्ट कृषक पुरस्कार’बाट सम्मानित भएका छन् । धान दिवसको अवसरमा नार्कको भवनमा सम्पन्न कार्यक्रममा नगद १ लाख सहित कृषि  मन्त्री हरि प्रसाद पराजुलीले पन्तलाई पुरस्कृत गरेका हुन् ।

नेपालकै धेरै क्षेत्रफलमा कटफ्लावर ब्यबशाय गरेका पन्तले २०५६ सालबाट १० कट्ठा जग्गाबाट पुष्प खेती शुरु गरेका थिए । हाल उनले २० बिगाह भन्दा बढी जग्गामा पुष्प व्यवसाय  सञ्चालन गर्दै आएका छन् ।  पन्तले गुलाव, जर्बेरालगायतका कट फ्लावरको उत्पादन गर्दै आईरहेका छन् ।

5 (1)

३ करोड रुपैयाँ लगानी रहेको उनको एब्लम फ्लोरा फार्मबाट बार्षिक ४० लाख आम्दानी भइरहेको बताइएको छ  । साथै  बार्षिक १५ सय जना भन्दा बढीले रोजगारी पाइरहेका छन् ।
पुष्प व्यवसायको साथै  मेवा तथा उन्नत जातका आलुको बिउ पनि उत्पादन गरिरहेका छन् ।

राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट ५ जना सम्मानित भएकोमा पुष्प व्यबशायी पनि परेकोमा फ्लोरिकल्चर एशोसिएशन हर्षित बनेको बताउँदै फ्यानका अध्यक्ष लोकनाथ गैरेले पुरै पुष्प ब्यशाय सम्मानित बनेको बताए । आफूले पुरस्कार पाउने आसमा पुष्प खेती नगरेको बताए । साथै आयात प्रतिस्थापन गर्न कट फ्लावर खेतीमा लागेको जानकारी दिए । उनले यो सम्मानबाट  पुष्प ब्यबशायमा लाग्ने सबैलाई हौसला बढेको बताए ।

प्रतिक्रिया दिनुहोस्