Logo

माइक्रोम्यक्सका ३ नयाँ मोवाइल बजारमा , मूल्य ५ हजार ८२ सय देखि २१ हजारसम्म

माइक्रोम्यक्सका ३ नयाँ मोवाइल बजारमा , मूल्य ५ हजार ८२ सय देखि २१ हजारसम्म


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१५ असार,काठमाडौं । माइक्रोम्याक्सका तीन नयाँ मोवाइल नेपाली बजारमा भित्रिएके छ । भारतीय मोबाइल ब्रान्ड माइक्रोम्याक्सका माइक्रोम्याक्स बोल्ट डी२००, माइक्रोम्याक्स बोल्ट क्यू३३५ र माइक्रोम्याक्स क्यानभास निट्रो इ३११ मोडल नेपाल भित्रएको हो ।
जसमध्ये बोल्ट डी२०० मोडल कम्पनीको सबैभन्दा नयाँ डुअल सीम लाग्ने फोन हो । यसमा १.३ गीगाहर्जको डुअल प्रोसेसर रहेको छ  । त्यस्तै भने ३.३ इञ्चको एचभीजीए स्क्रिनको सो स्मार्टफोनमा  ४.४.२ एन्ड्रोइड किटक्याट अपरेटिङ सिष्टम रहेको छ ।

५सय १२ एमबी र्याम, ५सय १२ एमबी रोम, ०.३ एमी रियर क्यामेरा, ०.३ एमपी फ्रन्ट क्यामेराजस्त सुविधा यो फोनमा छ ।  यसको मूल्य नेपाली बजारमा ५ हजार ८२ रुपैयाँ रहेको छ ।

माइक्रोम्याक्स बोल्ड क्यू३३५ मोडल पनि ४.४.२ एन्ड्रोइड किटक्याट ओस अपरेटिङ सिष्टममा चल्छ । यसमा ४.५ इञ्चको डब्लूभीजीए स्क्रिन र १.२ गीगाहर्जको प्रोसेसर रहेको छ ।
यस मोडलमा ५१२ एमबी र्याम  र ४ जीबी रोम रहेको छ । ५ मेगापिक्सेल रियर क्यामेरा, २ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको यस मोडलमा थ्रीजी, वाईफाई, ब्लूटुथ, युएसबी, १६५० एमएएच क्षमताको ब्याट्री लगायतका सुविधाहरु रहेका छन् ।
यसको मूल्य नेपाली बजारमा ८ हजार ४ सय ७० रुपैयाँ रहेको छ ।

त्यसैगरी क्यानभास निट्रो इ३११ मा ४.४.२ एन्ड्रोइड टिकक्याट ओएस अपरेटिङ सिष्टम रहेको छ ।  १.४ गीगाहर्ज अक्टाकोर प्रोसेसर रहेको यो मोवाइलमा ५ इञ्चको गोरिल्ला ग्लास थ्री भएको एचडी आइपीएस टचस्क्रिन रहेको छ ।
यसमा १३ मेगापिक्सेल रियर क्यामेरा र ५ मेगापिक्सेल फ्रण्ट क्यामेरा रहेको छ । जसबाट जिवन्त तस्वि तथा भिडियो कैद गर्न सकिन्छ । २ जीबी र्याम, १६ जीबी रोम, ३२ जीबीको एक्स्पान्डेवल मेमोरी,  २४ सय  एमएएच क्षमताको ब्याट्री लगायतका सुविधाहरु रहेका छन् । निट्रो इ३११ को  बजार मूल्य २१ हजार १ सय २० रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL