काठमाडौं । बीएमडब्ल्यु कम्पनीले नेपालमा २ नयाँ मोटरसाईकल सार्वजनिक गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै हिमालयन मोटरराड अन्तरगतको टर्क मोटर्स प्रालिले उक्त मोटरसाईकल सार्वजनिक गरेको हो ।
कम्पनीले नेपालमा बीएमडब्लु जी ३१० जीएस र बीएमडब्लु जी ३१० आर नेपालमा सार्वजनिक गरेको हो । यस्तै सौरभ जेबी राणा अध्यक्ष रहेको हिमालयन मोटरराडले विभिन्न स्थानमा पहिलो बार्षिकोत्सव समेत मनाएको छ ।
उक्त बार्षिकोत्सवमा १ सय २० भन्दा बढी बीएमडब्लु मोटरसाईकलहरु सवारी गराईएको थियो । उक्त बार्षिकोत्सवमा विभिन्न राईडरहरुलाई मोटरसाईकल टेष्ट राईड गर्न दिईएको थियो ।