Logo

कलर्सको एक्स १११ मोवाइल बजारमा,मूल्य ५ हजार ४ सय

कलर्सको एक्स १११ मोवाइल बजारमा,मूल्य ५ हजार ४ सय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ असार,काठमाडौं । कलर्सको एक्स फ्याक्टर क्वाड श्रृंखलाअन्तर्गत नयाँ ‘एक्स १११’ मोडल बजारमा आएको  छ ।

एन्ड्रोइड किटक्याट ४.४ ओएस अपरेटिङ सिष्टम रहेको  यो मोवाइलमा  १४ सय ५० एमएएच क्षमताको ब्याट्री छ । स्मार्टफोनमा ५ मेगापिक्सल पछाडिको क्यामेरा, ०.३ मेगापिक्सेल अगाडिको क्यामेरा, १.२ गेगाहर्ज क्वाड कोर प्रोसेसरजस्ता विशेषता छन् ।

एकै पटक दुई ओटा सिम प्रयोग गर्न मिल्ने यस फोनमा प्रोक्सिमिटी सेन्सर, लाइट सेन्सर, वाइफाइ र जीपीएस जस्ता सुविधाहरु पनि यसमा रहेका छन् ।

यसको बजार मूल्य ७ हजार ४ सय ३५ रुपैयाँ तोकिएको छ ।

साथै, क्वाड श्रृंखलाको अर्को उत्कृष्ट नयाँ मोबाइल एक्स ११७ मेघा क्वाड पनि चाँडै बजारमा आउने कलर्सको नेपालका लागि आधिकारीक विक्रेता टेलिटकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्