Logo

३ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट

३ अंकले घट्यो नेप्से, कारोवार रकममा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ असार, काठमाडौं । नेप्से परिसुचक २ दशमलव ८५ अंकले घटेको छ । बजार खुलेको केहि समय उकालो लागेको नेप्से परिसुचक अन्तमा घटेको हो । बुधबार नेप्से परिसुचक घटेर ९ सय २७ दशमलव ८५ अंकमा झरेको छ ।

nepse

बजारमा नेप्सेमा प्रभाव पार्ने सवै समुहका परिसुचक ओरालो लागेको छ । तर, कुनै पनि समुहका परिसुचक २० अंकभन्दा बढीले घटवढ भएको छैन । बजारमा सवैभन्दा बढी जलविद्युत् समुहको परिसुचक १८ अंकले घटेको भने बीमा समुहको परिसुचक पनि ९ अंकले मात्र ओरालो लागेको छ ।

बजारमा बढी प्रभावपार्ने बैंकिङ समुहको परिसुचक भने ३ दशमलव ७८ अंकले ओरालो लागेको छ । व्यापार र अन्य समुहका परिसुचक भने सामान्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा कारोवार रकममा पनि कमी आएको छ । मंगलबार झण्डै २७ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएकोमा आज १७ करोड ८७ लाख रुपैयाँको मात्र कारोवार भएको छ । दिनभर कुल १ स्य २४ वटा कम्पनीको ४ लाख २९ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL