Logo

साढे ५ अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि बृद्धि

साढे ५ अंकले बढ्यो नेप्से, कारोवार रकममा पनि बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३२ जेठ, काठमाडौं । सोमबार नेप्से परिसुचक ५ दशमलब ३८ अंकले बढेको छ । बजार खुलेपछि केही समय ओरालो लागेको नेप्से अन्तमा बढेको हो । ९ सय २८ दशमलव ३५ अंकबाट बढ्न सुरु गरेको नेप्से अन्तमा ९ सय ३३ दशमलव ७३ अंकमा गएर अडिएको छ ।

बजारमा सवैभन्दा बढी बीमा समुहको परिसुचक ३४ अंकले बढेको छ । यसैगरी जलविद्युत् समुहको परिसुचक पनि १५ अंकले बढेको छ । बजारमा सवैभन्दा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि ५ दशमलव २८ अंकले उकालो लागेको छ । आज फाइनान्स वाहेक अन्य सवै समुहका परिसुचक बढेको छ ।

दिनभर १ सय २२ कम्पनीको सेयर कारोवार भएको छ । अघिल्लो दिनको तुलनामा करोवार रकममा पनि बृद्धि भएको छ । ती कम्पनीको २२ करोड रुपैयाँ बरावरको ६ लाख २२ हजार कित्ता सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL